पूर्वमन्त्री प्रदीप यादवले गरे अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण

1200x150_1200x150-01.jpg (1)

वीरगञ्ज, २९ कात्तिक। लोकआस्था, श्रद्धा र प्रकृति पूजनको महापर्व छठका अवसरमा पूर्वमन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिका–२२, मनियारीस्थित छठ घाटमा परिवारजनसँगै उपस्थित भई अस्ताउँदो सूर्यदेवलाई अर्घ्य अर्पण गरेका छन्।

छठ पर्वको अवसरमा आइतबार परम्परागत रूपमा दउरा लिएर छठ घाट पुगेका यादवले परिवारका सदस्यहरूसँगै छठी माताको पूजा–आराधना गर्दै सूर्यदेवलाई अर्घ्य अर्पण गरेका हुन्।

यस अवसरमा उनले छठ पर्व नेपाली समाजको आस्था, विश्वास, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानसँग जोडिएको अनुपम पर्व भएको सन्देश दिएका छन्।

यादवले सूर्यदेव र छठी मातासँग सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उज्ज्वल भविष्यको कामना गर्दै देशवासीमा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

तराई–मधेशको मौलिक संस्कृति र परम्परासँग गहिरो सम्बन्ध राख्ने छठ पर्व पछिल्लो समय देशभर नै श्रद्धा र उल्लासका साथ मनाइँदै आएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः