पर्सा, मंसिर १० –
प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आधा घण्टा एक्लाएक्लै वार्ता गर्ने भएका छन्। मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह यही ६ गते आइतबार दुईदिने भ्रमणका लागि नयाँदिल्ली जाने तयारीमा छन्।
भ्रमणका क्रममा नेपाल–भारतबीच लामो समयदेखि छलफलमा रहेका हवाई रुट, आर्थिक प्याकेज, सीमा समस्या, व्यापार, जलस्रोत तथा सन्धि–सम्झौता पुनरावलोकनका विषयमा छलफल हुनेछन्। सोमबार बिहान हैदरावाद हाउसमा मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
यसैबीच, भारत भ्रमणअघि प्रमुख राजनीतिक दलहरूसँग छलफल गरेर राष्ट्रिय हितका विषयमा साझा धारणा बनाउन विपक्षी दलका नेताहरूले सुझाव दिएका छन्। कांग्रेस संसदीय दलका नेता भीष्म आङ्देम्बे र एमाले महासचिव शंकर पोखरेलले भ्रमणका क्रममा राष्ट्रिय मुद्दालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।







