वीरगंज, मंसिर १ –
बाराको प्रसौनी गाउँपालिका–६ बेलहियामा आगलागी हुँदा भैँसीसहित तीनवटा पशु मरेका छन्।
सोमबार बिहान करिब ४ बजेर ५ मिनेटमा स्थानीय राजदेव यादवको इँटाको पर्खाल र फुसको छानो भएको गोठमा अचानक आगलागी भएको हो। प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ४ बजेर ४० मिनेटमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट एउटा भैँसी, एउटा पाडा र एउटा बाख्रा जलेर मरेका छन् भने लत्ताकपडा र दमकलको पाइपसमेत जलेको छ।
घटनामा मानवीय क्षति नभए पनि करिब २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।







