यौनजन्य हिंसाविरुद्ध वीरगंज र कलैयामा र्याली

1200x150_1200x150-01.jpg (1)

वीरगंज, मंसिर १ –

मधेश प्रदेशका विभिन्न जिल्लामा यौनजन्य हिंसाका घटना बढ्दै गएको भन्दै त्यसको रोकथाम तथा न्यूनीकरणका लागि तीनदिने सचेतनामूलक अभियान सुरु गरिएको छ।

अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसरमा सुरु गरिएको अभियानको वीरगंजस्थित घण्टाघरबाट पर्साका प्रमुख जिल्ला अधिकारी भोला प्रसाद दाहालले उद्घाटन गरेका छन्। कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरले यौनजन्य हिंसा नियन्त्रणका लागि प्रहरीको प्रयाससँगै नागरिक, संघसंस्था र सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको बताए।

यसै अवसरमा बाराको कलैयामा पनि ‘यौनजन्य हिंसाको अन्त्य गरौँ, सुरक्षित समाजको निर्माण गरौँ’ भन्ने नारासहित र्‍याली तथा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाराको प्राङ्गणबाट निकालिएको र्‍यालीले कलैया बजार परिक्रमा गरेको थियो। प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीको प्रमुख आतिथ्य तथा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोदप्रसाद साहसहित जनप्रतिनिधि, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, नागरिक समाज तथा विभिन्न संघसंस्थाका प्रतिनिधि गरी करिब ३ सय जनाको सहभागिता रहेको थियो।

बारामा र्‍यालीपछि जिल्ला प्रशासन कार्यालयको सभाहलमा औपचारिक कार्यक्रम गरिएको थियो। अभियानमार्फत यौनजन्य हिंसाविरुद्ध जनचेतना फैलाउने, अपराध रोकथाममा नागरिकको भूमिका बढाउने र हिंसामुक्त समाज निर्माण गर्ने लक्ष्य राखिएको प्रहरीले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः