उखुको मूल्य प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ पुर्याउन किसानको माग

1200x150_1200x150-01.jpg (1)

वीरगंज , मङ्सिर १ –

उखु उत्पादक किसानले चालु आर्थिक वर्षका लागि सरकारी अनुदानसहित उखुको मूल्य प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन्।

उखु उत्पादन किसान महासंघका अध्यक्ष श्यामबाबु रायका अनुसार बढ्दो उत्पादन लागत र महँगीलाई ध्यानमा राख्दै मूल्यवृद्धिको माग गरिएको हो। यसअघि गत वर्ष किसानले अनुदानसहित प्रतिक्विन्टल ६ सय ९० रुपैयाँ पाएका थिए।

किसानले मूल्यवृद्धिसँगै चिनी उद्योगबाट पाउन बाँकी करिब ४८ देखि ५० करोड रुपैयाँ भुक्तानीसमेत तत्काल उपलब्ध गराउन माग गरेका छन्। अन्नपूर्ण, महालक्ष्मी र बाबा बैजु चिनी मिलले उक्त रकम भुक्तानी गर्न बाँकी रहेको महासंघको दाबी छ।

यस विषयमा किसानले आगामी बिहीबार सरकारसँग वार्ता गर्ने भएका छन्। वार्ताबाट माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने महासंघले चेतावनी दिएको छ।

यता, सरकारले किसान र चिनी उद्योगीसँग छलफल गरी यसै साता उखुको नयाँ मूल्य निर्धारण गर्ने तयारी गरेको जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः