मकवानपुर, मंसिर ३ –
मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेमा यात्रुवाहक सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
बिहान करिब साढे ८ बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो घुम्तीमा अनियन्त्रित भई करिब १० मिटर तल भैँसे खोलामा खसेको हो।
चालकसहित १० जना सवार सुमो दुर्घटनापछि प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर उद्धारमा खटिएको छ। घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ।







