जनकपुरधाम , मङ्सिर ६ –
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।
आइतबार प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा जसपा नेपालका नेता यादवलाई शनिबार मुख्यमन्त्री नियुक्त गरिएको थियो।
मुख्यमन्त्रीका रूपमा यादवको यो दोस्रो कार्यकाल हो। यसअघि उनी प्रदेशसभाको दोस्रो कार्यकालमा मधेस प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए भने पहिलो कार्यकालमा सभामुखको जिम्मेवारी सम्हालेका थिए।







