वीरगंज , मंसिर ६ –
भारत–नेपाल सीमा क्षेत्रमा लागुऔषध तस्करीविरुद्ध सञ्चालन गरिएको अभियानका क्रममा २ किलो ५६ ग्राम अफिमसहित एक भारतीय महिला पक्राउ परेकी छन्।
भारतको सशस्त्र सीमा बल (एसएसबी) को ४७औँ वाहिनीका जवानले पूर्वी चम्पारण जिल्लाको गायघाट (उजैनलोहियार) निवासी संगीता देवीलाई पक्राउ गरेका हुन्।
प्राप्त जानकारीअनुसार नोभेम्बर २१ तारिख साँझ करिब ५ बजे एसएसबीको पन्टोका इकाइमा खटिएको सूचना तथा विशेष अभियान टोलीले वीरगंजबाट मैत्री पुल हुँदै लागुऔषध लिएर एक महिला रक्सौलतर्फ आउँदै गरेको गोप्य सूचना पाएको थियो।






