काठमाडौं , मङ्सिर ६ –
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारत भ्रमणका लागि प्रस्थान गर्दा उनी सवार जहाजले उडान ट्र्याकिङ प्लेटफर्म फ्लाइटराडार२४ मा विश्वकै सर्वाधिक ध्यान खिचेको छ।
नेपाल वायुसेवा निगमको नियमित उडान आरए २१७ मार्फत दिल्ली प्रस्थान गरेको प्रधानमन्त्री सवार जहाजलाई एकैपटक २ हजार २१५ जनाले प्रत्यक्ष ट्र्याक गरेको दाबी गरिएको छ। उक्त उडान विश्वमै सबैभन्दा बढी ट्र्याक गरिएको उडान बनेको समाचारमा उल्लेख छ।
प्रधानमन्त्री बालेन दिउँसो करिब २ बजे दिल्लीका लागि प्रस्थान गरेका थिए। भीभीआईपी उडान भएकाले जहाजको ककपिटमा तीन जना पाइलटको व्यवस्था गरिएको थियो। उडान सञ्चालन र सुरक्षा जाँचमा समेत विशेष सतर्कता अपनाइएको जनाइएको छ।







