किसान परिवारका तीन दाजुबहिनी निजामती सेवामा, गाउँमै खुसीयाली

1200x150_1200x150-01.jpg (1)

पर्सा, मंसिर ८ –

पर्साको पकहाँ मैनपुर गाउँपालिका–१ धोरेका एक सामान्य किसान परिवारका तीन दाजुबहिनी निजामती सेवामा प्रवेश गर्न सफल भएका छन्।

सीमित आर्थिक स्रोतका बाबजुद मेहनत र निरन्तर प्रयासबाट सोनु कुमार सोनी, उनकी जेठी बहिनी संगिता सर्राफ र कान्छी बहिनी रबिता कुमारी सोनी सरकारी सेवामा प्रवेश गर्न सफल भएका हुन्।

तीन दाजुबहिनीमध्ये सोनु लेखापाल पदमा कार्यरत छन् भने संगिता सहलेखापालका रूपमा सरकारी सेवामा प्रवेश गरेकी छन्। पछिल्लो पटक कान्छी बहिनी रबिताले पनि खरिदार पदमा नाम निकाल्न सफल भएपछि परिवारका तीनै जना निजामती सेवामा जोडिएका हुन्।

सोनु हाल पर्साको धोबिनी गाउँपालिकामा लेखापालका रूपमा कार्यरत छन्।

सम्बन्धित पोस्टहरुः