सिराहा, १६ असार । सिरहाको लक्ष्मीपुरपतारी गाउँँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल बसले किचेर ५ वर्षीया बालिका र बसका सहचालकको मृत्यु भएको छ।
मंगलवार अपराह्न करिब ४ बजे विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्पm फर्कँदै गरेको को १ ख ३५९९ नम्बरको पायोनियर एजुकेशन एकेडेमीको बसबाट बालिकालाई झार्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बस अगाडि बढ्ने क्रममा पछाडिको चक्काले किच्दा सहचालक लहान नगरपालिका–२२ निवासी २५ वर्षीय ओमप्रकाश यादव र सोही विद्यालयमा अध्ययनरत ५ वर्षीया समिक्षा कुमारी साहको घटनास्थलमै मृत्यु भएको हो।
समिक्षा सप्तरीको बोधेबरसाइन नगरपालिका–८ काचन स्थायी घर भएकी थिइन। उनी हाल मावलीको घर सिरहाको लक्ष्मीपुरपतारी गाउँँपालिका–२ पर्सामा बस्दै आएकी थिइन।
दुर्घटनापछि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनावारे थप अनुसन्धान जारी छ।






