तराई हस्पिटलमा सुत्केरीको उपचारमा लापरबाहीको आरोप

1200x150_1200x150-01.jpg (1)

राधेश्याम पटेल, वीरगंज, असार १६ –

तराई हस्पिटल वीरगंजमा चिकित्सकको लापरबाहीको कारण एकजना सुत्केरीको अवस्था चिन्ताजनक भएको छ । बाराको बिश्रामपुर गाउँपालिका -५ नकटुवा बस्ने चन्दनकुमार साहकी ३० बर्षिया पत्नी इन्दु देवीको उपचारमा चिकित्सकले लापरवाही गरेको परिवारजनको आरोप छ । चिकित्सकको लापरवाहीको कारण मंगलबार बिहानदेखि इन्दुको अवस्था अचेत एवम चिन्ताजनक भएको बताईएको छ ।

उनलाई हाल भेन्टिलेटरमा राखेर उपचार भईरहेको जनाइएको छ । सुत्केरी गराउन सोमबार साझ ७:३० बजे इस्त्री तथा प्रसुती रोग विषेशज्ञ डा. तरनुम खातुनको परामर्शमा निजको क्लिनिकबाट तराई हस्पिटलमा भर्ना गरिएको थियो ।

मंगलबार बिहान ३:४५ बजे नर्मल डिलेभरीबाट छोरीको जन्म भएको थियो । तर उच्च रक्तश्रावको कारण इन्दु देविको अवस्था नाजुक बन्दै गएपछि आईसियुबाट भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेको अस्पताल व्यवस्थापन पक्षले जनाएको छ ।

यता, परिवारजनका अनुसार इन्दुको निधन भइसकेको तर पनि चिकित्सकहरु घटनालाई ढाकछोप गर्न भेण्टिलेटरमा राखेको दावी गरिरहेको इन्दुका पति चन्दन कुमार साहले आरोप लगाए । उनको उपचारमा हालसम्म रु. एक लाख खर्च भईसकेको छ ।

अस्पतालका चिकित्सक डा. तरनुम खातुनले अस्पताल र चिकित्सकबाट कुनै लापरवाही नभएको दावी गरिन्। उनले रगतमा हेमोब्लोबिनको र प्लेट्लेट्सको मात्रा कमि भएको र डिलिभरीको समयमा इन्टनल इन्जुरीको कारण अत्याधिक रक्तश्राव भएकाले अवस्था चिन्ताजनक भएको हो । तर ७२ घण्टापछि वास्तविक अवस्था बारे। केही भन्न सकिने अवस्था रहेको बताईन ।

भर्खरै

सम्बन्धित पोस्टहरुः