१०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

1200x150_1200x150-01.jpg (1)

सर्लाही । इलाका प्रहरी कार्यालय नवलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले सोमबार बिहान गरेको सवारी जाँचका क्रममा १०९ किलो गाँजा बरामद गरेको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा ठूलो परिमाणको अवैध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

बिहान करिब ५:३० बजे बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कारलाई रोकेर तलासी लिइएको थियो। बीआर ०९ एम ३७६६ नम्बरको उक्त कारको डिक्कीभित्र लुकाइछिपाइ राखिएका २३ वटा पोकामा उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतम ले जनाएका छन् ।

पक्राउ पर्नेमा कार चालक भारतको बिहार राज्य, सीतामढी जिल्लाका २६ वर्षीय दीपक कुमार महतो र कारमा सवार २५ वर्षीय अमन कुमार रहेका छन्। प्रहरीले गाँजा र कारसहित दुवै जनालाई नियन्त्रणमा लिएर लागूऔषध नियन्त्रण ऐन बमोजिम थप अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित पोस्टहरुः