यथाशीघ्र संसद् बैठक बोलाउन प्रतिपक्षी दलहरूको माग

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक  १६ —

प्रतिपक्षी दलहरूले यथाशीघ्र संसद् बैठक आह्वान गर्न सरकारसँग माग गरेका छन् । नेपाली कांग्रेसको आह्वानमा आज सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकले संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिएका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता आङ्देम्बेले न्यायालयमा बिचौलियाको प्रभाव, प्रहरीसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीको नाम जोडिएर आएका प्रसङ्गलगायत विषयमा संसद्मा गम्भीर छलफल आवश्यक रहेको बताए ।

सर्वोच्च अदालतका न्यायाधीशसँग बिचौलियाको साँठगाँठलगायतका विषय गम्भीर रहेको उल्लेख गर्दै उनले यस्ता विषयमा सतही चर्चा गर्नुभन्दा संसद्बाटै समाधान खोज्नुपर्ने धारणा राखे ।

सरकारले अध्यादेशमार्फत सत्ता सञ्चालन गर्न खोज्दा संसद्को औचित्य र गरिमामाथि प्रश्न उठ्न थालेको उनको टिप्पणी छ ।

त्यस्तै, रसुवाको भोटेकोशी बाढीबाट विस्थापित नागरिकले राहत तथा घरभाडासमेत नपाएको गुनासो आएकाले यस विषयमा पनि संसद्मा छलफल हुनुपर्ने उनले बताए ।

नेता आङ्देम्बेले सुनसरी र कप्तानगञ्जका घटनाबारे गठित समितिको अवस्था तथा प्रतिवेदन सार्वजनिक गर्नसमेत माग गरेका छन् ।

सम्बन्धित पोस्टहरुः