पर्सा , कार्तिक १६ —
पर्साको जिराभवानी गाउँपालिका–५ मा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय सखुवनियाका ४५ वर्षीय सञ्जय खवास रहेका छन् ।
प्रहरीका अनुसार खवासले चलाएको बा.४४ प २३०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल ल्याइएको थियो ।
उपचारकै क्रममा खवासको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।






