मधेशका जिल्लामा कर्फ्यु र निषेधाज्ञा हट्न थाल्यो, जनजीवन सामान्य बन्दै

1200x150_1200x150-01.jpg (1)

वीरगंज , साउन १८ —

एक सातादेखि अशान्त बनेको तराई–मधेशका विभिन्न जिल्लामा सुरक्षा अवस्था सुधार हुँदै गएपछि स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा क्रमशः हटाउन थालेको छ।

सिरहाको गोलबजार क्षेत्रमा जारी कर्फ्यु आइतबार बेलुकी ७ बजेदेखि हटाइएको छ। यस्तै धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहितका क्षेत्रमा लगाइएको निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि र सुरक्षा अवस्था सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाइएको प्रशासनको भनाइ छ।

सप्तरीमा बोदेबरसाइन र राजविराज क्षेत्रमा लगाइएको कर्फ्यु पनि हटाएर पाँच जनाभन्दा बढी भेला हुन नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ।

उता सुनसरीको देवानगञ्ज, भोक्राहा नरसिंह, कोशी र हरिनगर गाउँपालिकामा सोमबार बिहान १० बजेसम्म निषेधाज्ञा कायम गरिएको छ। प्रशासनका अनुसार अवस्था थप सामान्य बन्दै गएपछि निषेधाज्ञासमेत क्रमशः हटाइनेछ।

प्रशासनले सबै जिल्लाका नागरिकलाई शान्ति, सामाजिक सद्भाव र कानुनको पालना गर्दै दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ।

सम्बन्धित पोस्टहरुः