साउनको पहिलो सोमबार: वीरगंजसहितका शिवालयमा भक्तजनको घुइँचो

1200x150_1200x150-01.jpg (1)

वीरगंज , साउन १९ —

साउन महिनाको पहिलो सोमबारका अवसरमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको उल्लेखनीय भीड लागेको छ। श्रद्धालुहरू पवित्र स्नान गरी जल, बेलपत्र, धतुरा, भाङलगायत पूजा सामग्री चढाएर भगवान् शिवको आराधनामा सहभागी भएका छन्।

वीरगंजस्थित अलखिया शिव मन्दिर, पिपराको पार्श्वनाथ मन्दिर, पर्सागढीस्थित प्रसिद्ध बाबा दुग्धेश्वरनाथ महादेव मन्दिर (भाथा धाम) लगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ। मन्दिरहरूमा बिहानैदेखि पूजा, अभिषेक र विशेष आरतीका कार्यक्रम सञ्चालन भइरहेका छन्।

आजदेखि साउने सोमबारे व्रत पनि सुरु भएको छ। अविवाहित युवतीहरूले भगवान् शिवजस्तै योग्य वर प्राप्तिको कामना गर्दै व्रत बस्ने परम्परा रहेको छ भने विवाहित महिलाले श्रीमान्को दीर्घायु, सुख–समृद्धि र पारिवारिक कल्याणको कामना गर्दै साउने सोमबारे व्रत गर्ने गर्छन्।

साउने सोमबार हिन्दू धर्मावलम्बीका लागि विशेष धार्मिक महत्त्व बोकेको दिन मानिन्छ। यस अवसरमा शिव मन्दिरहरूमा भक्तजनको उपस्थिति उल्लेख्य रहने गरेको छ।

सम्बन्धित पोस्टहरुः