आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक

1200x150_1200x150-01.jpg (1)

पर्सा , असोज ७ –

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ २५ पैसा कायम गरिएको छ।

यस्तै, युरो एकको खरिददर १७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७७ पैसा, पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ १५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ९५ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८७ रुपैयाँ २० पैसा तोकिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। त्यस्तै, कुवेती दिनार एकको बिक्रीदर ४९८ रुपैयाँ ६२ पैसा रहेको छ।

राष्ट्र बैङ्कले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले तोक्ने विनिमयदर भने फरक हुनसक्ने जनाइएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः