पर्सा , असोज ७ –
सरकारले आगामी खेती सिजनमा किसानलाई रासायनिक मलको अभाव हुन नदिन पूर्वतयारी तीव्र पारेको जनाएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार मल खरिदका लागि अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँको स्रोत सुनिश्चितता प्राप्त भइसकेको छ।
बजेट सहमति पाएसँगै आवश्यक मल खरिदका लागि छिट्टै बोलपत्र आह्वान गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
मुख्य खेती सिजनमा विगतमा देखिएको मल अभाव दोहोरिन नदिन समयमै खरिद प्रक्रिया अघि बढाइएको मन्त्रालयको भनाइ छ। मल खरिद तथा आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको जनाइएको छ।







