सञ्चार क्षेत्रका माग सम्बोधन गर्न सरकारसँग सांसद पन्तको माग

1200x150_1200x150-01.jpg (1)

पर्सा , असोज ७ –

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले सञ्चार क्षेत्रका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघलगायत सञ्चारसम्बद्ध संस्थासँग तत्काल संवाद गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै पन्तले सञ्चारकर्मीहरू पेसागत हकहितका माग लिएर सडकमा उत्रिनुपर्ने अवस्था आउनु दुःखद् भएको बताएका छन्।

उनले स्वरोजगारमूलक तथा साना लगानीका सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनमा कटौती, राष्ट्रिय समाचार समितिले अन्य सञ्चारमाध्यमलाई उपलब्ध गराउने समाचारको शुल्कमा वृद्धि तथा सरकारी विज्ञापन वितरणमा निजी सञ्चारमाध्यम र सामुदायिक रेडियोलाई न्यायोचित रूपमा समावेश नगरिएको विषय उठाएका छन्।

सरकारका यस्ता निर्णयले स्वतन्त्र सञ्चारमाध्यमलाई थप संकटमा पारेको भन्दै पन्तले आन्दोलनरत पत्रकार महासंघलगायत संस्थाका जायज माग यथाशीघ्र सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

सम्बन्धित पोस्टहरुः