बाढीपीडितका लागि नेशनल इन्फोटेक कलेजको ५ लाख ७५ हजार सहयोग

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असोज ७ –

बाढीपहिरो तथा प्राकृतिक विपद्बाट प्रभावितका लागि वीरगंजस्थित नेशनल इन्फोटेक कलेज प्रालिले विभिन्न राहत कोषमा ५ लाख ७५ हजार रुपैयाँ सहयोग गरेको छ।

कलेजका प्रिन्सिपल मनिष सिंहका अनुसार कलेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५० हजार, उच्च माध्यमिक विद्यालय संघ (हिसान)मार्फत २ लाख, नुवाकोटका बाढीपीडितका लागि १ लाख र वीरगञ्ज जेन–जी समूहको फ्लड रिलिफ फन्डमा २५ हजार रुपैयाँ सहयोग गरेको हो।

कलेजले विपद्बाट प्रभावितलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ।

सम्बन्धित पोस्टहरुः