वीरगंज, २० असोज । रास्वपाका सांसद डा. अमरेश कुमार सिंहले यो सरकार पाँच वर्षसम्म टिक्ने बताएका छन् ।
वीरगंजको स्काइलाइन मल सरोबरको पोट्रिक होटलमा आयोजित पत्रकार सम्मेलनमा उनले यो सरकार असफल नहुने दावी गरे । जेनजी आन्दोलनको बलमा सम्पन्न निर्वाचनपछि रास्वपाले दुई तिहाइको सरकार रहेको रहेको बताए । उनले बालेन सरकारले देशमा विकास, समृद्धि, जनताको अपेक्षा अनुसार काम गर्दै सुशासनको बाटोमा लागेको बताए ।
छठपछि मेचीदेखि महाकाली पैदल यात्रा शुरु गर्ने बताए । काकडभिट्टाबाट महेन्द्रनगरसम्मको पदयात्रा सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी गराए । उनले सरकारको एजेन्डा र भावी कार्यक्रमबारे बताए । फागुन–चैतमा हुने स्थानीय तहको चुनावमा पनि पार्टीले गृहकार्य थालिसकेको र यसपालिको चुनावमा पनि रास्वपाले बढीभन्दा बढी सिट निकाल्न गृहकार्य गरिरहेको र लागिपरेको औंल्याए । उनले पुराना र प्रतिस्पर्धी शक्तिहरुलाई परास्त गरी बहुमत स्थानीय तहमा पनि ७५३ स्थानीय तहमा बहुमत स्थानबाट विजय हासिल गर्ने ठोकुवा समेत गरे ।






