कारागारमा लागुऔषध लिएर पुगेका दुई दिदीबहिनी पक्राउ

1200x150_1200x150-01.jpg (1)

विराटनगर , असोज २९ –

मोरङ जिल्ला कारागारमा आफन्त भेट्न लागुऔषध लिएर पुगेका दुई दिदीबहिनी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–११ निवासी मेलिना तामाङ र पूर्णिमा तामाङ रहेका छन्।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार बिहीबार विराटनगर–८, हाटखोलास्थित कारागारको मुख्य प्रवेशद्वारमा नियमित सुरक्षा जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूले प्याडभित्र लुकाएर ल्याएका हरियो रङका २४० क्याप्सुल र सुन्तला रङका २४० ट्याब्लेट गरी ४८० थान लागुऔषध बरामद गरेको जनाएको छ। उनीहरू कारागारभित्र कसलाई भेट्न गएका थिए भन्ने प्रहरीले खुलाएको छैन।

सम्बन्धित पोस्टहरुः