अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न निर्देशन

1200x150_1200x150-01.jpg (1)

पर्सा , असोज २९ –

बलिउड अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न निर्देशन दिइएको छ। भारतको फरेनर्स रिजनल रजिस्ट्रेसन अफिसले उनलाई देश छाड्न नोटिस जारी गरेको हो।

अमेरिकी नागरिक इमरान अक्टोबर १० मा मुम्बईमा भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजित विरोध प्रदर्शनमा सहभागी भएका थिए। सो क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

भारतीय जनता पार्टीका नेताहरूले इमरान ‘ओभरसिज सिटिजन अफ इन्डिया’ (ओसीआई) कार्डधारक रहेको उल्लेख गर्दै राजनीतिक प्रदर्शनमा सहभागी भएर अध्यागमन नियम उल्लंघन गरेको आरोपमा प्रहरीमा उजुरी दिएका थिए।

प्रहरीमा परेको उजुरी सम्बन्धित कार्यालयमा पठाइएपछि उनलाई भारत छाड्न निर्देशन दिइएको बिजमाण्डूले जनाएको छ। यस निर्णयको अहिले आलोचना भइरहेको छ।

सम्बन्धित पोस्टहरुः