पर्सा , कार्तिक ११ –
अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा नेपाल भित्र्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बुधबार नियन्त्रणित सुपुर्दगी विधि अपनाएर गाँजा बरामद गरेको हो।
पक्राउ पर्नेमा भारतको गुजरात राज्यस्थित अहमदाबादका २३ वर्षीय भवरसिंह र ३३ वर्षीय वन्दित पटेल रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट एक किलो ३३८ ग्राम गाँजा र दुई थान मोबाइल फोन बरामद गरिएको छ।
लागुऔषध नियन्त्रण ब्यूरोले कात्तिक ११ गते जारी गरेको प्रेस विज्ञप्तिमा घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको उल्लेख छ।
पक्राउ परेकाहरूमाथि लागुऔषध ओसारपसारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






