चितवनमा करिब २ लाख ८६ हजारका पटाकासहित दुई भारतीय नागरिक पक्राउ

1200x150_1200x150-01.jpg (1)

चितवन , कात्तिक १७ —

प्रहरीले अवैध रूपमा भण्डारण गरी राखिएको करिब २ लाख ८६ हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका पटाकासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिका नगरपालिका–६ हरियार टोल पदमपुरमा डेरा गरी बस्ने भारतको मतियारी लक्ष्मीपुर लौखान–१६ का ४१ वर्षीय सञ्जय शाह तेली र भरतपुर महानगरपालिका–३ बाह्रघरेमा डेरा गरी बस्ने भारतको मतियारी पटझिलवा–८ का २९ वर्षीय राज जयसवाल रहेका छन् ।

प्रहरीका अनुसार तेलीको कोठाबाट करिब २ लाख रुपैयाँ बराबरका पटाका बरामद गरिएको छ । उनलाई आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

त्यस्तै, जयसवालको कोठाबाट करिब ८६ हजार रुपैयाँ बराबरका पटाका, १५ हजार भारतीय रुपैयाँ र १ लाख ४८ हजार ३०० नेपाली रुपैयाँ बरामद गरिएको छ । उनलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुवै जनाको कोठामा तलासी गर्दा पटाका फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः