काठ बरामद गर्ने क्रममा जिराभवानीमा सुरक्षाकर्मी र स्थानीयबीच झडप

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक १७ –

पर्साको जिराभवानी गाउँपालिका–१ महादेवपट्टीस्थित पकडीटोलमा रहेको एक चिरान तथा फर्निचर उद्योगबाट काठ बरामद गर्ने क्रममा सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीयबीच झडप भएको छ । झडपमा केही प्रहरी तथा वन समूहका हेरालु सामान्य घाइते भएका छन् ।

सशस्त्र प्रहरी बलको बीओपी जिराभवानी, प्रहरी चौकी महादेवपट्टी बलुवा, सबडिभिजन वन कार्यालय सेढवा र गादीमाई साझेदारी वन व्यवस्थापन समूहको संयुक्त टोलीले मुकेश साहद्वारा सञ्चालित फर्निचर उद्योगबाट झ्यालका ८ थान काठ नियन्त्रणमा लिन खोज्दा विवाद भएको हो । सोही क्रममा दुवै पक्षबीच झडप भएको बताइएको छ ।

गादीमाई साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष सहुरम राउत गदीका अनुसार झडपमा केही प्रहरी तथा वन समूहका हेरालु सामान्य घाइते भएका छन् ।

यता, उद्योग सञ्चालक मुकेश साहका भाइ जाटाशंकर साहले बरामद गरिएका काठ भैरहवा–बुटवलबाट खरिद गरी ल्याइएको र त्यससम्बन्धी आवश्यक कानुनी कागजात आफूसँग सुरक्षित रहेको दाबी गरेका छन् । उनका अनुसार संयुक्त टोलीले कागजात मागेर जाँच गर्नुको सट्टा सिधै काठ नियन्त्रणमा लिन खोजेपछि विवाद उत्पन्न भएको हो ।

बरामद गरिएका ८ थान झ्यालका काठ आफ्नै घरको प्रयोजनका लागि तयार गरिएको पनि उनले बताएका छन् ।

संयुक्त टोलीले भने उद्योगबाट ८ थान झ्यालका काठ नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सांंकेतिक तस्बिर 

भर्खरै

सम्बन्धित पोस्टहरुः