पर्सामा सजाय तोकिएका ११ फरार प्रतिवादी पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, कार्तिक १७ – 

पर्सा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका ११ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि अदालतमा पेस गरेको हो ।

प्रहरीका अनुसार चेक अनादर (बैंकिङ कसुर) मुद्दामा दुई वर्ष कैद सजाय तोकिएका जिराभवानी गाउँपालिका–३ (साविक जितपुर गाविस) निवासी अन्दाजी ५० वर्षीय पारसनाथ दास थारुसहित विभिन्न मुद्दाका १० जना गरी ११ जना फरार प्रतिवादी पक्राउ परेका हुन् ।

उनीहरूलाई कात्तिक १६ गते पक्राउ गरी सोमबार आवश्यक कानुनी कारबाहीका लागि पर्सा जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।

भर्खरै

सम्बन्धित पोस्टहरुः