जीतपुरसिमरा उपमहानगरपालिकाबाट भूमि प्रशासन सेवा सुरु

1200x150_1200x150-01.jpg (1)

बारा, कात्तिक १९ –

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सिमरास्थित भूमि व्यवस्थापन शाखाबाट बुधबारदेखि भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ।

उपमहानगरपालिकाका अनुसार पहिलो चरणमा जग्गाको स्वामित्व हस्तान्तरणसम्बन्धी लिखत पारित तथा जग्गाधनी प्रमाणपुर्जासम्बन्धी प्रशासनिक काम गरिनेछ। यस्तै, नापीअन्तर्गत फिल्ड रेखाङ्कन, निरीक्षण, नक्सा प्रिन्ट र राजीनामासम्बन्धी नक्सा अद्यावधिक सेवा पनि उपलब्ध हुनेछ।

जग्गा कित्ताकाटका लागि भू–उपयोग नियमावली, २०७९ अनुसार कृषि क्षेत्रमा कम्तीमा ६७५ वर्गमिटर र आवासीय तथा व्यावसायिक क्षेत्रमा कम्तीमा १३० वर्गमिटर जग्गा हुनुपर्ने व्यवस्था गरिएको उपमहानगरपालिकाले जनाएको छ।

नगर क्षेत्रमै सेवा सुरु भएपछि जग्गासम्बन्धी कामका लागि अन्यत्र जानुपर्ने सेवाग्राहीको बाध्यता कम हुने अपेक्षा गरिएको छ। उपमहानगरपालिकाले सम्बन्धित सेवाग्राहीलाई सिमरास्थित भूमि व्यवस्थापन शाखाबाट सेवा लिन आग्रह गरेको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः