श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका श्रीमान् वीरगंजबाट पक्राउ

1200x150_1200x150-01.jpg (1)

बारा , कार्तिक २० –

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२० कञ्चनपुरमा श्रीमतीमाथि धारिलो हतियार छुरा प्रहार गरी फरार भएका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा फेटा गाउँपालिका–७ जोतपुर गमरिया निवासी २८ वर्षीय अलियास अंसारी रहेका छन् । उनले कात्तिक १७ गते बिहान करिब १०ः३० बजे आफ्नै श्रीमती २५ वर्षीया गुल्सान अंसारीलाई ससुराली घरनजिकैको आँपबारीमा बोलाएर घरायसी विवादका क्रममा पेटलगायत शरीरका विभिन्न भागमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

छुरा प्रहारबाट गम्भीर घाइते भएकी गुल्सानलाई सुरुमा नारायणी अस्पतालमा उपचारका लागि लगिएको थियो । थप उपचारका लागि वीरगंज हेल्थकेयर अस्पताल पुर्‍याइएकी उनको शल्यक्रिया गरी सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ ।

घटनापछि फरार रहेका अलियासलाई बिहीबार दिउँसो करिब १ बजे पर्साको वीरगंज महानगरपालिका–१६ स्थित बसपार्कको एक होटलबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी इनर्वासिराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको र घटनाबारे इलाका प्रहरी कार्यालय सिमरा, बाराले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः