पर्सा, कार्तिक १९ –
भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
दुई दिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका मिस्रीले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्।
भेटका क्रममा नेपाल–भारतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, व्यापार, कनेक्टिभिटी, सांस्कृतिक सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सो अवसरमा मिस्रीले भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीका क्रममा नेपाल आएका मिस्रीले यसअघि परराष्ट्र, अर्थ र ऊर्जा मन्त्री तथा परराष्ट्र सचिवसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री शाहले आगामी मङ्सिर पहिलो साता भारत भ्रमण गर्ने तयारी रहे पनि भ्रमणको औपचारिक मिति भने सार्वजनिक भएको छैन।






