भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको प्रमाणित सूची सार्वजनिक

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक २१ –

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा बेपत्ता भएका ३२ जिल्लाका २ हजार २९४ जनाको प्रमाणित विवरण सार्वजनिक गरेको छ। सार्वजनिक सूचीअनुसार सबैभन्दा बढी रसुवाका १ हजार ५८३ जना बेपत्ता छन्।

प्राधिकरणले सात देशका १७१ जना विदेशी नागरिक पनि बेपत्ता भएको विवरण सार्वजनिक गरेको छ। स्थानीय तह र जिल्ला समितिबाट प्राप्त विवरणका आधारमा सूची तयार पारिएको जनाइएको छ।

सूचीमा नाम समावेश भएका व्यक्तिहरू जीवित फेला परेमा सम्बन्धित पक्षले सात दिनभित्र दाबी पेस गर्न प्राधिकरणले आग्रह गरेको छ।

गत भदौ १० गते आएको बाढीबाट हालसम्म १ हजार ४५७ जनाको मृत्यु पुष्टि भएको छ भने ५ हजार २८५ जना बेपत्ता भएको विवरण रहेको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः