भारतीय तीव्र गतिका बलर शमीले लिए टेस्ट क्रिकेटबाट सन्यास

1200x150_1200x150-01.jpg (1)

वीरगंज , कार्तिक २१ –

भारतीय क्रिकेट टोलीका तीव्र गतिका बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन्। उनले गएराति सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै टेस्ट क्रिकेटबाट बिदा लिने निर्णय सुनाएका हुन्।

टेस्ट क्रिकेट आफ्नो लागि खेलको एउटा स्वरूप मात्र नभई जीवनकै विशेष हिस्सा रहेको बताउँदै शमीले भारी मनका साथ सन्यासको निर्णय लिएको उल्लेख गरेका छन्।

३६ वर्षीय शमीले भारतका लागि ६४ टेस्ट खेलमा २२९ विकेट लिएका छन्। उनी सन् २०२५ को च्याम्पियन्स ट्रफीपछि भारतीय राष्ट्रिय टोलीबाट बाहिर रहँदै आएका छन्।

टेस्ट क्रिकेटबाट सन्यास लिए पनि शमीले सीमित ओभरका खेललाई भने निरन्तरता दिने बताएका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः