विश्वासको मत जुटाउन कठिन हुदै : मुख्यमन्त्री यादव राजीनामा दिने तयारीमा

1200x150_1200x150-01.jpg (1)

जनकपुरधाम , कार्मतिक २४ –

धेस प्रदेशका मुख्यमन्त्री कृष्णा यादवले पदबाट राजीनामा दिने तयारी गरेका छन्। सरकारलाई विश्वासको मत दिने विषयमा अन्य दलसँग सहमति जुट्न नसकेपछि उनी राजीनामा दिएर बाहिरिने मनस्थितिमा पुगेको स्रोतले जनाएको छ।

मुख्यमन्त्री यादव नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्ने समयसीमा अब एक सातामात्र बाँकी रहे पनि अहिलेसम्म मिति तय हुन सकेको छैन। एमाले र नेकपा सरकारबाट बाहिरिएपछि कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ।

कृषिमन्त्री श्याम पटेलका अनुसार मुख्यमन्त्रीले अन्य दलसँग विश्वासको मतका लागि छलफल गरिरहेका छन्। सहमति जुटे विश्वासको मत लिने र नभए आगामी कदमबारे निर्णय गरिने उनले बताएका छन्।

सरकारका एक मन्त्रीका अनुसार अन्य दलबाट समर्थनको प्रतिबद्धता नआए मुख्यमन्त्रीले विश्वासको मत नलिई राजीनामा दिने तयारी गरेका छन्। स्रोतका अनुसार उनले यही कात्तिक २८ गतेसम्म राजीनामा दिन सक्ने सम्भावना छ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीले राजीनामा दिएमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्न सक्छ। तर, विश्वासको मत लिएर असफल भएमा उपधारा (३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेता मुख्यमन्त्री नियुक्त हुने संवैधानिक व्यवस्था छ।

यसअघि सरकार गठनका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै एमालेले सरकारबाट बाहिरिएर समर्थनसमेत फिर्ता लिएको थियो। त्यसपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार राजनीतिक संकटमा परेको हो।

भर्खरै

सम्बन्धित पोस्टहरुः