वीरगंजमा छठका अवसरमा सेनाले सलामी दिने

1200x150_1200x150-01.jpg (1)

वीरगंज , कार्तिक २४ –

लोकआस्थाको पर्व छठको अवसरमा नेपाली सेनाले यस वर्ष पनि वीरगंजमा छठी मैया तथा सूर्य भगवानप्रति सम्मान प्रकट गर्दै सलामी अर्पण गर्ने भएको छ।

छठ पर्वको मुख्य दिन कात्तिक २९ गते आइतबार साँझ वीरगंज महानगरपालिका–१० स्थित घडीअर्वा पोखरीमा विशेष कार्यक्रम आयोजना गरी सेनाले सलामी दिने तयारी गरेको हो।

श्रीपुरस्थित श्रीजंग गणबाट प्रमुख सेनानी लोकेन्द्र कार्कीको नेतृत्वमा बाजागाजासहितको परेड तथा मार्च गर्दै सैनिक टोली छठघाट पुग्ने कार्यक्रम तय भएको छ। टोलीले घडीअर्वा छठघाट परिसरमा रहेको सूर्य मन्दिरमा विधिपूर्वक सलामी अर्पण गर्ने प्रमुख सेनानी कार्कीले जानकारी दिएका छन्।

घडीअर्वा छठ पूजा व्यवस्थापन समितिको आग्रहमा गत वर्षदेखि सुरु गरिएको यो कार्यक्रमलाई सेनाले यस वर्ष पनि निरन्तरता दिन लागेको हो।

सबै धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै आएको नेपाली सेनाले छठ पर्वप्रति सम्मान व्यक्त गर्न यस्तो कार्यक्रम गर्दै आएको प्रमुख सेनानी कार्कीले बताएका छन्।

समितिका अध्यक्ष राकेश कुमार साहका अनुसार गत वर्ष स्थानीयस्तरमा छलफल गरी सेनालाई अनुरोध गरेपछि पहिलोपटक छठी मैया र सूर्य भगवानलाई सलामी अर्पण गर्ने परम्पराको सुरुवात गरिएको थियो।

भर्खरै

सम्बन्धित पोस्टहरुः