वीरगंज , कार्तिक २४ –
छठ पर्वको अवसरमा वीरगंज कारागारमा रहेका ६३ जना महिला कैदीबन्दीलाई साडी तथा पिठो वितरण गरिएको छ।
ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र रुङ्टा वेलफेयर सोसाइटी आदर्शनगरको संयुक्त आयोजनामा कैदीबन्दीलाई छठ पर्व मनाउन सहज होस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको हो।
ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरीक्षक पवन भट्टराई, सशस्त्र प्रहरीका गणपति मोहनबहादुर क्षेत्रीलगायत सुरक्षा निकायका प्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष खेतानले छठ पर्वको खुसीमा कारागारमा रहेका महिलाहरूलाई पनि सहभागी गराउने उद्देश्यले सहयोग गरिएको बताए।







