कलैया, कार्तिक २४ –
बाराको महागढीमाई नगरपालिका–३ गञ्जभवानीपुरमा निर्माणाधीन घरमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–११ घोघरहिया निवासी द्वारिका प्रसाद जयसवालका २५ वर्षीय छोरा राजु जयसवाल रहेका छन्।
प्रहरीका अनुसार सोमबार दिउँसो करिब १२ बजेर ५ मिनेटमा मोहन साह कलवारको निर्माणाधीन घरमा वेल्डिङको काम गरिरहेका बेला अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।
उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याइएका जयसवाललाई चिकित्सकले दिउँसो १ बजेर १५ मिनेटमा मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरेपछि शव पोस्टमार्टम गरी मृतकका दाइले बुझेर लगेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।






