आज भाइटीका पर्व मनाइँदै, टीकाको उत्तम साइत बिहान ११:०७ बजे

1200x150_1200x150-01.jpg (1)

वीरगंज, कार्तिक २५ –

दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र सद्भावको प्रतीक भाइटीका पर्व आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ । तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका अवसरमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीका लगाउने उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । समितिले टीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने जनाएको छ । यद्यपि सर्वसाधारणले दिनभर टीका लगाउन सक्नेछन् ।

भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई विभिन्न रङका टीका, फूलमाला तथा मिठामिठा परिकार दिएर सम्मान गर्ने गर्छन् भने दाजुभाइले पनि उपहार र दक्षिणा प्रदान गर्ने चलन छ ।

यस पर्वलाई यमद्वितीया पनि भनिन्छ । नेवार समुदायले भने भाइटीकालाई किजापूजाका रूपमा मनाउने परम्परा छ । यस वर्ष भक्तपुरका अधिकांश नेवार समुदायले अघिल्लो दिन नै किजापूजा सम्पन्न गरेका छन् ।

भाइटीकाले पारिवारिक सम्बन्ध, आपसी प्रेम र सामाजिक सद्भावलाई अझ बलियो बनाउने धार्मिक तथा सांस्कृतिक विश्वास रहिआएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः