वीरगंज, कार्तिक २४ –
वीरगंज महानगरपालिका–१७ अलौंमा छठ पर्वको अवसरमा गरिब तथा असहाय व्रतालु महिलाहरूलाई साडी वितरण गरिएको छ।
युवा नेता तथा समाजसेवी वीरेन्द्र प्रसाद यादव र उनकी श्रीमती पूर्ववडाध्यक्ष सुखराजी देवीले आफ्नै निवासमा आयोजित एक कार्यक्रममा छठ पर्वका व्रतालु महिलाहरूलाई साडी वितरण गरेका हुन्।
यादव दम्पतीले विगतका वर्षहरूमा पनि छठ पर्वको अवसरमा विपन्न तथा असहाय महिलाहरूलाई साडी वितरण गर्दै आएका छन्।






