वीरगंज, कार्तिक २५ –
नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
आज बिहान करिब १०:५५ बजे बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक ४७ वर्षीय बुद्धिमान तामाङ, ३१ वर्षीया बिन्दा थापा मगर र २७ वर्षीया सुनिता थापा मगर घाइते भएका थिए । तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली पुर्याइए पनि उपचारकै क्रममा मृत्यु भएको हो ।
घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थल पुगेको थियो । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।







