बारामा छुरा प्रहारबाट एक युवक घाइते

1200x150_1200x150-01.jpg (1)

बारा , कार्तिक २६ –

बाराको महागढीमाई नगरपालिका–१, बरियारपुरस्थित गढीमाई मन्दिर नजिक मोटरसाइकलले बालिकालाई ठक्कर दिएपछि उत्पन्न विवादमा चक्कु प्रहार हुँदा एक युवक घाइते भएका छन्।

बिहिवार बिहान करिब १० बजे १५ वर्षीय बालकले चलाएको मोटरसाइकलले बाटोमा खेलिरहेकी २ वर्षीया अनुष्का कुमारी लहेरालाई ठक्कर दिएको थियो। दुर्घटनामा बालिकाको दाहिने हातमा चोट लागेको थियो। उनको प्रादेशिक अस्पताल कलैयामा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ।

उक्त घटनालाई लिएर विवाद भएपछि ३५ वर्षीय भीम लहेरा र मोटरसाइकल चालक मिलेर स्थानीय प्रह्लाद साह लहेराका १९ वर्षीय छोरा सुरज साह लहेरामाथि चक्कु प्रहार गरेको प्रारम्भिक विवरणमा उल्लेख छ।

चक्कु प्रहारबाट पिठ्युँमा चोट लागेका सुरजको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको जनाइएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः