वीरगंज कारागारबाट फरार कैदीलाई खोज्न कुकुर परिचालन

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक २६ –

वीरगंज महानगरपालिका–४, वीर्तास्थित वीरगंज कारागारबाट जबरजस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका एक कैदी फरार भएका छन्।

फरार हुनेमा पर्साको पोखरिया नगरपालिका–४ निवासी सुनिल साह रहेका छन्। उनी विगत ११ वर्षदेखि जबरजस्ती करणी कसुरमा कैद सजाय भुक्तान गर्दै आएका थिए।

बिहीबार बिहान कारागारभित्र सरसफाइको काम भइरहेको समयमा साह पर्खाल नाघेर फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

कैदी फरार भएपछि उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ। डीएसपी मल्लका अनुसार तालिमप्राप्त कुकुरको सहयोगमा प्रहरी टोलीले विभिन्न शंकास्पद स्थानमा खोजतलास गरिरहेको छ।

फरार कैदीको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः