नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझी रिहा

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक २६ ४-

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भोगिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन्। उनी आज बिहान पौने ७ बजे काठमाडौँस्थित डिल्लीबजार कारागारबाट मुक्त भएका हुन्।

६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअनुसार रायमाझी रिहा भएको कारागार प्रशासनले जनाएको छ।

काठमाडौँ जिल्ला अदालतको पत्राचारपछि संशोधित कैदीपुर्जीका आधारमा उनलाई रिहा गरिएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए। काठमाडौँ जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई चार वर्ष कैद सजाय सुनाएको थियो। ज्येष्ठ नागरिकलाई कैद सजायमा २५ प्रतिशत छुट दिने व्यवस्थाअनुसार उनले उक्त सुविधा पाएका हुन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः