मनियारीका ३०० छठ व्रतालुलाई साडी र पिठो वितरण

1200x150_1200x150-01.jpg (1)

वीरगंज , कार्तिक २६ –

छठ पर्वको अवसरमा रुङ्टा वेलफेयर सोसाइटी वीरगंजले पर्साको मनियारीमा ३०० जना छठ व्रतालु महिलालाई साडी तथा पिठो वितरण गरेको छ।

सोसाइटीले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक व्रतालु महिलालाई एक थान साडी र दुई किलो पिठो सहयोगस्वरूप प्रदान गरेको हो।

रुङ्टा वेलफेयर सोसाइटी वीरगंजका अध्यक्ष सुरेश रुङ्टाका अनुसार छठ पर्व मनाउन आवश्यक सामग्री जुटाउन सहज होस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको हो।

कार्यक्रममा पूर्वमन्त्री प्रदीप यादवको समेत उपस्थिति रहेको थियो। सो अवसरमा छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वबारे चर्चा गर्दै यस्ता सामाजिक सहयोगले समुदायमा आपसी सद्भाव, सहयोग र एकताको भावना बलियो बनाउने विश्वास व्यक्त गरिएको थियो।

छठ पर्वमा व्रतालु महिलाहरूले सूर्यदेव र छठी माताको पूजा–आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने परम्परा छ।

सोसाइटीले विभिन्न सामाजिक तथा सेवामूलक गतिविधिमार्फत समुदायमा सहयोग र मानवीय सेवाको भावना प्रवर्द्धन गर्दै आएको जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः