एसएसबीका डीआईजी सिंहद्वारा भारत–नेपाल सीमा क्षेत्रको निरीक्षण

1200x150_1200x150-01.jpg (1)

मधुबनी , कार्तिक २६ –

भारतको सशस्त्र सीमा बल (एसएसबी) का उपमहानिरीक्षक मुन्ना सिंहले भारत–नेपाल सीमा क्षेत्रको सुरक्षा व्यवस्थाको निरीक्षण गरेका छन्।

बुधबार बिहारको मधुबनी जिल्लास्थित जयनगरमा रहेको एसएसबीको ४८औँ वाहिनीको कार्यक्षेत्र भ्रमण गर्दै उनले सीमा सुरक्षा, निगरानी तथा सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन्।

निरीक्षणका क्रममा डीआईजी सिंहले गंगौरमा सुरक्षाकर्मीसँग बैठक गरी उनीहरूको समस्या तथा सुविधाबारे जानकारी लिएका थिए। साथै पिपरौन र दिघियाटोल सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीसँग पनि छलफल गरेका थिए।

उनले सीमा क्षेत्रमा हुने घुसपैठ, तस्करी तथा अन्य अवैध गतिविधि नियन्त्रण गर्न उच्च सतर्कता अपनाउन र जिम्मेवारीपूर्वक काम गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन्। साथै अनुशासन, सरसफाइ, वातावरण संरक्षण तथा जवानहरूको स्वास्थ्य र व्यक्तिगत सुरक्षामा ध्यान दिन आग्रह गरेका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः