पर्सा , कार्तिक २६ –
नेकपा एमाले प्रसौनी एकाइ कमिटीको आयोजनामा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
गाउँ कमिटी अध्यक्ष नजिर हुसेनको अध्यक्षता र नेकपा एमालेका नेता अच्युत मैनाली प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वक्ताहरूले दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै आपसी सद्भाव, एकता र भाइचारालाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा जिल्ला अध्यक्ष आनन्द पाण्डे, प्रदेश सचिव मनोज पौडेल, प्रदेश सदस्य सुन्दर बीके, केन्द्रीय सदस्य मोबिन आलम, एकबल मिया र बलवीर चौधरीलगायतको उपस्थिति रहेको थियो।
पालिका अध्यक्ष विनोद पटेलले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन शशिकान्त महतोले गरेका थिए।






