वीरगंज , कार्तिक २८ –
नेपाली कांग्रेसका सभापति गगन थापा छठ पर्व मनाउन वीरगंज आउने भएका छन्।
कांग्रेस सहमहामन्त्री अजय चौरसियाका अनुसार थापा छठको मुख्य दिन आइतबार साँझ काठमाडौं हुँदै सर्लाही जानेछन्। सर्लाहीको छठघाटमा छठीमाताको दर्शन गरेपछि उनी राति वीरगंज आउनेछन्।
सोमबार बिहान पत्नीका साथ वीरगंज महानगरपालिका–१० स्थित घडिअर्वा छठघाट पुगेर छठीमाता र सूर्य भगवानको पूजापाठ तथा दर्शन गरी काठमाडौं फर्किने कार्यक्रम रहेको चौरसियाले बताए।
यसअघि गत वर्षको छठमा पनि थापाले घडिअर्वा छठघाटमा पुगेर पूजापाठ गरेका थिए।
यसैगरी, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल पनि छठ मनाउन आइतबार वीरगंज आउने भएका छन्।







