लक्षुमानवा छठ घाटमा भारतीय कलाकारको कार्यक्रम हुने

1200x150_1200x150-01.jpg (1)

वीरगंज, कार्तिक २८ –

वीरगंज महानगरपालिका–१५ स्थित लक्षुमनवा छठ घाटमा यस वर्ष छठ पर्वलाई विशेष ,बनाउन भारतीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति आयोजना गरिने भएको छ।

छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष सुदीप पटेलका अनुसार सांस्कृतिक कार्यक्रमका लागि ३ लाख रुपैयाँ बजेट छुट्याइएको छ। कार्यक्रममा भारतको कानपुरबाट सांस्कृतिक झाँकीसहित आएका कलाकारहरूले प्रस्तुति दिनेछन्।

उनका अनुसार भारतीय कलाकार पप्पु बिहारी, रञ्जन बिहारी, जितु तिवारीसहित तीन जना महिला कलाकारले रातभर सांस्कृतिक कार्यक्रम तथा नृत्य प्रस्तुत गर्नेछन्।

अध्यक्ष पटेलले छठ पूजा सम्पन्न भएलगत्तै आम्दानी तथा खर्चको सम्पूर्ण हिसाब सार्वजनिक गरिने जानकारी दिए। उनका अनुसार यस वर्ष छठ पूजा व्यवस्थापनका लागि करिब १५ देखि १७ लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ। साथै, घाटमा करिब ५०० जना व्रतालुको सहभागिता रहने अपेक्षा गरिएको छ।

लोकआस्था र श्रद्धाको महापर्व छठलाई भव्य तथा व्यवस्थित बनाउन लक्षुमनवा छठ घाटमा यस वर्ष विशेष सजावटसमेत गरिएको व्यवस्थापन समितिले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः