बाल सुधार गृह वीरगंजबाट फरार कैदी पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, मंसिर १ –

जेनजी आन्दोलनका क्रममा वीरगंजस्थित बाल सुधार गृहबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ कालिका मन्दिर निवासी २२ वर्षीय परिवर्तित नाम वीरेन्द्रनगर (L) रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई कात्तिक ३० गते राति करिब १ बजेर ३० मिनेटमा वीरगंज महानगरपालिका–४ मालपोत चोकबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बाल सुधार गृहबाट फरार भएका थिए। उनीविरुद्ध सुर्खेत जिल्ला अदालतबाट अप्राकृतिक मैथुन र बाँके जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा १२ वर्ष ६ महिना कैद तथा २५ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो।

पक्राउ परेका कैदीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः