एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक २१ –

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बेलुकी ५ बजे शुरू हुनेछ। लिग चरणमा लुम्बिनी पहिलो र सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेका हुन्।

आजको खेल जित्ने टोली सीधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।

यसैगरी, भोलि हुने एलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्नेछन्। तेस्रो संस्करणको फाइनल खेल आउँदो शनिबार हुनेछ।

भर्खरै

सम्बन्धित पोस्टहरुः